भारतको कूटनीतिक पहलपछि रुसी सेनामा भर्ती भएका १० भारतीय स्वदेश फर्किए

काठमाडौँ । रुसी सेनामा भर्ती भएका १० जना भारतीय स्वदेश फर्किसकेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता रणधीर जैसवाल जानकारी गराएका छन् । भारतीय सफल कूटनीतिक पहलका कारण उनीहरू स्वदेश फर्किन सफल भएका हुन् ।
शुक्रबारको प्रेस ब्रिफिङमा उनले भने, 'अझै पनि त्यहाँ ५० भारतीय छन् र उनीहरूका परिवारले हामीलाई भेटेका छन् । हामीले शीर्ष तहमा यो विषय उठाएका छौँ र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनलाई भेट्दा पनि यो मुद्दा उठाउनु भएको छ। रुसबाट सकारात्मक प्रतिक्रिया आएको छ र उनीहरू चाँडै फिर्ता हुनेछन् ।'
रुसी सेनामा कैयन नेपाली समेत भर्ती भएपनि नेपाल सरकारले फिर्ता ल्याउन सकेको छैन । नेपाली अधिकारीहरूले निरन्तर पहल भइसकेको बताएपनि नतिजा ननिस्किरहेका बेला भारतले भने आफ्ना नागरिक फर्काउन सफल भएको हो ।
उनले बंगलादेशको अवस्थाबारे समेत बोल्दै त्यहाँ बस्ने सबै भारतीय नागरिक सुरक्षित रहेको बताए ।
उनले भने, 'बंगलादेशमा आठ हजार ५०० भारतीय विद्यार्थी छन् र करिब १५ हजार भारतीय नागरिक रहेका छन्। उनीहरूको सुरक्षाका लागि दूतावास सक्रिय छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान