रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपालमा सार्वजनिक, कति छ भाउ ?
काठमाडौँ । मोबाईल ब्राण्ड रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक अनुभवको प्रत्याभूति दिने कम्पनीको दाबी छ । एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टमको साथ जेन जि प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।
उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपाली बजारमा ल्याउन पाउँदा निकै हर्षित छौँ । रियलमीका यी फोनहरूले सुपथ मूल्यमै ग्राहकहरूको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिन्छ । हामी विश्वस्त छौँ कि यी स्मार्टफोनहरूले नेपालको उद्योगमा नयाँ आयाम ल्याउनेछ ।”
रियलमी नार्जो ७० प्रो ५जीको आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेराले यो फोनलाई अरु फोन भन्दा फरक बनाउने र उत्कृष्ट फोटोग्राफी क्षमता प्रदान गर्ने कम्पनीको भनाइ छ ।
यस्तै ५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जलगायतका विषेयता मोबाइलमा रहेको बताइएको छ ।
रियलमी नार्जो ७० प्रो ५जीको बजार मूल्य रु ३३,९९९ रहेको छ भने रियलमी १२ एक्स ५जीको मूल्य रु २४,९९९ रहेको छ । यी दुबै फोनहरु नेपालका सम्पूर्ण आधिकारिक रियलमी बिक्रेताहरु मार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।