सुदूरपश्चिम प्रदेश सभा अधिवेशन अन्त्य गरेकै भोलिपल्टै प्रदेश प्रमुखले आह्वान गरे विशेष अधिवेशन

धनगढी । राजनीतिक खिचातानीका कारण बजेट पारित गर्न नसकेको सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेश सभाको अधिवेशन अन्त्य गरे पनि सङ्कट टरेको छैन ।
प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन् ।
तर त्यसको भोलिपल्टै नेपाली कांग्रेस, नेकपा एमाले र नाउपा (रेशम पक्ष) सहितका सांसदले प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै पत्र दर्ता गराएका छन् ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको पत्र प्रदेश सभामा पुगेको भोलिपल्टै प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन आह्वान सम्बन्धी पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । प्रदेश प्रमुख मियाँले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले विशेष अधिवेशन आह्वान गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभा सचिवालयमा आइसकेको जानकारी दिए । सचिवालयमा दर्ता भइसकेको उक्त पत्रमा साउन ८ गते विशेष अधिवेशन आह्वान हुने उल्लेख रहेको सचिव बोगटीले रातोपाटीलाई बताए । यद्यपि, प्रदेश सभा सचिवालयले भने विशेष अधिवेशन आह्वानसम्बन्धी सूचना जारी गरिसकेको छैन । सचिव बोगटीका अनुसार २४ घण्टा अगाडि सूचना जारी गरिसक्नुपर्ने प्रावधान भएकाले अहिले नै हतार नगरिएको हो ।
केन्द्रको सत्ता गठबन्धनले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घराज सोडारीको राजीनामा माग गरिरहेका छन् । तर मुख्यमन्त्री सोडारी भने अध्यादेशमार्फत बजेट ल्याउने अडानमा छन् ।
कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जोड दिँदै अल्पमतमा परेको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गर्न नमिल्ने बताए । साउन ८ गते विशेष अधिवेशन आह्वान भइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउन नमिल्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम