मोहना नदीमा अलपत्र परेकाहरूको उद्धार
शुक्रबार, ०४ साउन २०८१, १८ : ३६

कैलाली । वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरू सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।
उनीहरू नदीपारि अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट फूलबारीबाट खटिएको सुरक्षा फौजले र्याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो । यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाँउमा खटिया नदीमा पानीको बहाव बढ्न गई डुबानमा परेका ७ घरपरिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साबुनले धुनु हुन्छ कि हुँदैन अनुहार ?
-
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
-
प्रधानमन्त्री र ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीबीच भेटवार्ता
-
प्रहरीमा १० डीआईजी पद रिक्त, ३ टोलीबिच प्रतिस्पर्धा
-
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
-
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ