विभिन्न जिल्लामा ५ जना मृत फेला
शुक्रबार, ०४ साउन २०८१, १८ : ३०

काठमाडौँ । देशका विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- कास्की, पोखरा महानगरपालिका-१४ भोटेचौतारास्थित कच्ची घरको पेटीमा बाँके खजुरा गाउँपालिका-४ घर बताउने ४० वर्षीय मोहन बहादुर थापा मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सिन्धुली, सुनकोशी गाउँपालिका-३ बोहोरेटार बाँधस्थित खोल्सामा सोही गाउँपालिका-५ खनियाखर्क बस्ने ३३ वर्षीय कोशे भन्ने सुनिल तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- बर्दिया, गेरूवा गाउँपालिका-५ सुखाड बस्ने ५७ वर्षीया सम्पत्ति चौधरी सोही गाउँपालिका-५ हरिपुरस्थित कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ हर्नाफाट बस्ने ७१ वर्षीय प्रेम बहादुर तुमसिन सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ ब्यारेजपुलस्थित भारत चम्पाहरण बगाहस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो