यस्तो छ ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘उडायो मन’

काठमाडौंँ । फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज गरिएको छ । ‘उडायो मन’ बोलको सार्वजनिक गीतमा शब्द, संगीत र एरेन्ज जयन जे वाइवाले गरेका हुन् ।
गीतमा इन्द्रकला राईको स्वर छ । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का देखिएकी छन् । सिम्रिक खड्का तथा निश्चल बस्नेत समेत देखिने गीतको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।
फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्काकै निर्माण रहेको फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इटालियन सिरी’एमा लाजियो र युडिनिजले अंक बाँडे
-
प्रिमियर लिगमा न्यूक्यासलले वेष्टह्यामलाई हरायो
-
लोपोन्मुख कुसुन्डा भाषा संकटमा
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ