उत्तर कोरियाबाट भागेर आएका कूटनीतिज्ञलाई दक्षिणले बनायो उपमन्त्री
शुक्रबार, ०४ साउन २०८१, १६ : २५
सोल । दक्षिण कोरियाले भागेर आफ्नो देशमा आएका उत्तर कोरियाली कूटनीतिज्ञलाई उपमन्त्री बनाएको छ । पूर्व उत्तर कोरियाली कूटनीतिज्ञ तेई यो–होलाई दक्षिण कोरियाको राष्ट्रपतिको सल्लाहकार परिषद्को नयाँ नेता घोषित गरिएको छ ।
उत्तर कोरियाबाट भागेर बर्सेनि सयौँ मानिस दक्षिण कोरिया आउँछन् । यीमध्ये यति ठुलो पदमा नियुक्ति दिइएको यो–हो पहिलो व्यक्ति हुन् ।
६२ वर्षका तेई सन् २०१६ मा भागेर दक्षिण कोरिया आउनुअघि बेलायतका लागि दक्षिण कोरियाका उप राजदूत थिए । उत्तर कोरियाले तेईलाई मानव फोहोरको संज्ञा दिएको थियो ।
उनलाई राज्यको कोष अपचलन गरेको र अन्य अपराध गरेको आरोप पनि लगाइएको छ । सन् २०२० मा तेई दक्षिण कोरियाको राष्ट्रियसभामा सिट जित्ने पहिलो उत्तर कोरियाली नागरिक बनेका थिए ।
तर अप्रिलमा भएको संसदीय निर्वाचनमा उनले आफ्नो सिट जोगाउन भने सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर सिटीका प्रशिक्षकको विचित्र व्यवहार : खेल बराबरीमा सकिएपछि अनुहार र टाउकोमा घाउ बनाए !
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी