१५औँ महाधिवेशनमा शेखरलाई समर्थन गर्ने सुजाता कोइरालाको घोषणा
शुक्रबार, ०४ साउन २०८१, १५ : ४३
![१५औँ महाधिवेशनमा शेखरलाई समर्थन गर्ने सुजाता कोइरालाको घोषणा](https://npcdn.ratopati.com/media/news/sujata_Fp9KQ5065z.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औँ महाधिवेशन सभापतिमा शेखर कोइरालालाई समर्थन घोषणा गरेकी छन् ।
उनले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने विश्वास व्यक्त गरिन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्,'हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ ।'