बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बंगलादेशमा प्रदर्शन

बंगलादेशमा इन्टरनेट सेवा बन्द हुँदा नेपाली विद्यार्थीसँगकाे सम्पर्क टुट्यो

नेपाली विद्यार्थी सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको दाबी
शुक्रबार, ०४ साउन २०८१, १५ : १३
शुक्रबार, ०४ साउन २०८१

काठमाडौँ । बंगलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसँगको सम्पर्क टुटेको छ । 

कोटा विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको हो । जसले गर्दा एकअर्कामा सम्पर्क हुन सकेको छैन ।   

नेपालमा फोन सम्पर्क नहुँदा विद्यार्थीहरू तथा घर परिवारमा चिन्ता छाएको छ । कतिपय विद्यार्थी भने नेपाल फर्किएको र केहि विद्यार्थी सडक मार्गबाट भारत हुँदै नेपाल फर्किँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

हवाई मार्गबाट आउन खोज्ने विद्यार्थीको हकमा भने इन्टरनेट सेवा बन्द हुँदा हवाई टिकट काट्न समस्या भएको मन्त्रालयको भनाइ छ ।  

मन्त्रालयले नेपाली विद्यार्थीहरू हालसम्म सुरक्षित रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले अहिलेसम्म सुरक्षित रहेको र केही विद्यार्थी नेपाल फर्किसकेको बताए । इन्टरनेट सेवा बन्द भएपछि बंगलादेशस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्क भइरहेको उनले बताए । 

‘दूतावाससँग निरन्तर सम्पर्क भइरहेको छ । घर फर्किन चाहने विद्यार्थीलाई दूतावासले सहजिकरण पनि गरिरहेको छ । हवाई र सडक मार्ग हुँदै समेत विद्यार्थीहरू आइरहेका छन्,’ प्रवक्ता राईले रातोपाटीसँग भने । 

बंगलादेशमा ३ हजार ५ सयदेखि ४ हजारको हाराहारी नेपाली विद्यार्थी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप