सिमलताल घटना : बेपत्ता यादवको कुशको शव बनाएर दाहसंस्कार

बारा । त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । घटनाको ८ औँ दिनसम्म पनि सृष्टि फेला नपरेपछि परिवारले शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।
कलैया उपमहानगरपालिका– १४ जितपुटोलकी सृष्टिका अभिभावकले कुशको शव बनाएर पसाहा खोलामा दाहसंस्कार गरेका छन् । शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको उनका बुबा जगदीश यादवले बताए । सृष्टि पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा कार्यरत थिइन् । उनी विदेश जानको लागि परीक्षा दिन काठमाडौँ जाँदै गर्दा सो घटनामा परेकी हुन् ।
उनी चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।
उक्त घटनामा बाराका ४ जना यात्रु परेका थिए । सृष्टिसँगै प्रसौनी गाउँपालिका–२ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी र बारा बिश्रामपुर ३ का प्रमानन्द पण्डित बेपत्ता छन् । शव फेला पर्ने स्थिति नदेखेपछि कुर्मीको परिवारले पनि यसअघि नै कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय