यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौँ । श्रीलंकामा शुक्रबारदेखि सुरु भएको महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार २ : १५ बजे सुरु हुनेछ ।
नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, कविता जोशी, पूजा महतो, बिन्दू रावल, सम्झना खड्का, काजोल श्रेष्ठ (विकेटकिपर), कृतिका मरासिनी र सबनम राई छन् ।
यसैगरी नेपालविरुद्धको खेलमा यूएईको टोलीमा एसा ओजा (कप्तान), थिर्था सतिष (विकेटकिपर), रिनिथा रजिथ, कविसा एगोडेग, समाइरा धरनिधरका, खुशी शर्मा, लावन्या केनी, वैष्णवी महेश, इन्धुजा नन्दकुमार, हिना हचन्दानी र रिथिका रजिथ रहेका छन् ।
जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । चौथो टोलीको रुपमा यूएई छ ।
प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
-
फिल्मबाट किन हराउन थाल्यो होली गीत ?
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट बंगलादेशका प्रभावशाली अलराउन्डरको सन्न्यास
-
‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’
-
होलीमा रङ खेल्न कहिलेदेखि थालियो ?
-
इस्कोन गण्डकीले मालढुङ्गामा त्रिदिवसीय गौरगण्डकी उत्सव गर्दै