सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति बाइडेनलाई माथिल्लो श्वासप्रश्वासमा हल्का समस्या

शुक्रबार, ०४ साउन २०८१, १३ : २४
शुक्रबार, ०४ साउन २०८१

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित माथिल्लो श्वासप्रश्वासमा हल्का समस्याको लक्षण’ अनुभव गरेका र चिकित्सकको सल्लाहमा प्याक्सलोभिडको डोज दिइएको ह्वाइट हाउसले जनाएको छ ।

बाइडेनका चिकित्सक डा. केभिन ओ कनरले अमेरिकी राष्ट्रपतिलाई ज्वरो नआएको र सङ्क्रमणसँग सम्बन्धित अन्य लक्षणहरू पनि सामान्य रहेको बताएका छन् । डा.केभिन ओ कनरले भने, “राष्ट्रपतिले कोभिड–१९ सङ्क्रमणका कारण माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या अनुभव गरिरहनुभएको छ । उहाँलाई प्याक्सलोभिड दिइराखेका छौँ । उहाँलाई ज्वरो आएको छैन र अन्य महत्वपूर्ण लक्षणहरू सामान्य छन्।”

“राष्ट्रपतिको अनुमति लिएर मैले पहिले जस्तै नियमित अपडेटहरू प्रदान गर्न जारी राख्नेछु”, उनले बताए । “राष्ट्रपति बाइडेन डेलावेयर फर्केर आइसोलेसनमा बस्नुहुनेछ । त्यस समयमा आफ्नो सबै कर्तव्यहरू पूर्ण रूपमा पालन गर्न जारी राख्नुहुनेछ,” ह्वाइट हाउसले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको थियो । 

लस भेगासमा आयोजित राष्ट्रिय सम्मेलनमा भाग लिएको एकदिन पछि ८१ वर्षीय राष्ट्रपति बाइडेनमा बुधबार कोभिड–१९ सङ्क्रमण देखिएको हो । सकारात्मक परीक्षण गरेपछि बाइडेनले एक्समा एक पोस्टमा भने, “मलाई कोरोना सङ्क्रमण देखाएको छ तर म ठिक छु । शुभकामनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।” 

“म निको नहुँदासम्म आइसोलेसनमा हुनेछु र यस अवधिमा म अमेरिकी जनताप्रतिको मेरो कर्तव्य पुरा गर्न जारी राख्नेछु,” उनले बताए । राष्ट्रपतिको डाक्टरले बाइडेनमा सामान्य अस्वस्थताका साथै हल्का रुघाखोकी र माथिल्लो श्वासप्रश्वास नलीमा समस्याका लक्षणहरू रहेको खुलासा गरेका छन् । यसअघि सन् २०२२ को जुलाईमा बाइडेन पहिलोपटक कोभिड सङ्क्रमित भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप