आक्रमणपछिको आफ्नो पहिलो भाषणमा ट्रम्पले के भने ?

वासिङ्टन डीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई १३ मा भएको घातक हमलापछि शुक्रबार पहिलोपटक भाषण दिएका थिए । ट्रम्पले विस्कन्सिन राज्यमा आयोजित पार्टी सम्मेलनमा आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए ।
यसैक्रममा उनले राष्ट्रपति पदका लागि पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी पनि स्वीकार गरे । जुलाई १३ मा भएको हमलापछि पार्टी महाअधिवेशनमा ट्रम्पको यो सबैभन्दा लामो भाषण थियो ।
ट्रम्पले ९२ मिनेटसम्म बोलेका थिए । सो अवसरमा उनी गैरकानुनी आप्रवासीहरूमाथि आक्रामक बने । ट्रम्पले उनीहरूलाई एलियनसँग तुलना गरे । ‘अमेरिकामा जागिर कसले पाइरहेको छ, अमेरिकाको १०७ प्रतिशत रोजगारी अवैध विदेशी आप्रवासीले हडपिरहेका छन्’ ट्रम्पले भने ।
गैरकानुनी आप्रवासीलाई फिल्मी दुनियाँका राक्षससँग तुलना गर्दै यसले तिमीहरूलाई खाइदिनेछ भन्न समेत ट्रम्पले भ्याए । ट्रम्पमाथि हमला भएको समयमा पनि उनी अवैध आप्रवासीको विरुद्धमा बोलिरहेका थिए ।
आफ्नो भाषणमा ट्रम्पले आफ्ना समर्थकहरूलाई आक्रमणको अनुभव पनि शेयर गरेका थिए । ‘म दोहोर्याएर फेरि यसबारे कहिले पनि कुरा गर्न पाउँदिन । म आज तपाईंहरूको बीचमा छु किनभने त्यो दिन भगवान् मेरो साथमा थिए’ ट्रम्पले भनेका छन् ।
‘मेरो हातभरि रगत लतपतिएको थियो । तर गोलीबारीको बीच पनि म शान्त रहे । मेरा समर्थकहरू पनि त्यहाँबाट भागेनन् । उनीहरू मेरो साथमा उभिइरहे । सेक्रेट सर्भिसको टिमले पनि राम्रो काम गर्यो’ अझ अगाडि उनले भनेका छन् । आफ्नो भाषणमा ट्रम्पले एक पटक मात्र बाइडेनको नाम लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा