ओम प्रतिकको ‘मोहर’ मा भित्रिन् नीति
शुक्रबार, ०४ साउन २०८१, १२ : ५७

काठमाडौंँ । अभिनेत्री नीति शाहले फिल्म ‘खजुरे ब्रो’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनको डेब्यु फिल्म बक्स अफिसमा असफल भएपनि उनी भने अभिनयमा सफल ठहरिएकी छन् ।
किनभने ‘खजुरे ब्रो’ पछि उनको हातमा एकपछि अर्काे फिल्म परिरहेका छन् । केही अगाडि ‘ज्वाईसाँप’ फिल्मको छायाङ्कन सकाएकी नीति अहिले फिल्म ‘मोहर’ मा पनि अनुबन्धित भएकी छन् ।
फिल्मका निर्देशक ओम प्रतिक हुन् । फिल्म मेकर्स प्रालिको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा ओम प्रतिककै लेखन छ । फिल्मलाई चुम्बनजंग शाहीले निर्माण गर्न लागेका हुन् ।
नीतिको हातमा यो बाहेक फिल्म ‘रुखान’ पनि छ । सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्मको छायाङ्कन चाँडै सुरु हुने बताइन्छ । यसको अलवा नीतिले दिवाकर भट्टराईको निर्देशन रहने एक अनटाइटल प्रोजेक्ट पनि साइन गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासंगै आएको बाढीले क्षति
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)