असममा मुस्लिम विवाह र सम्बन्ध विच्छेदको पुरानो कानुन खारेजीलाई स्वीकृति

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) शासित असमको राज्य सरकारले मुस्लिमहरूको विवाह र सम्बन्ध विच्छेदसम्बनधी पुरानो कानुनलाई खारेज गर्न स्वीकृति दिएको छ । सन् १९३५ को असम मुस्लिम विवाह र तलाक दर्ता ऐनमा मुस्लिमहरूलाई विशेष परिस्थितिमा कम उमेरमा विवाह गर्ने अनुमति दिइएको छ । असम सरकारले यसलाई बालविवाह विरुद्धको निर्णय भनेको छ ।
‘पहिले हामीले यो कानुन खारेज गर्न अध्यादेश ल्याएका थियौँ, अहिले त्यसका लागि कानुन बनाउँदैछौं ।’ असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पत्रकारसँग कुरा गर्दै भनेका छन् ।
‘हामी बालविवाहलाई धार्मिक दृष्टिकोणबाट हेर्दैनौँ । ८० प्रतिशत बालविवाह अल्पसङ्ख्यक समुदायमा हुन्छ भने २० प्रतिशत बहुसङ्ख्यक समुदायमा हुने गरेको छ’ उनले भने ।
अङ्ग्रेजी पत्रिका द हिन्दुका अनुसार पुरानो कानुनलाई खारेज गर्ने विधेयक असम विधानसभाको मनसुन सत्रमा पेस गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित
-
युवराजले भने, ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा