परराष्ट्रमन्त्री राणा र अमेरिकी राजदूतबिच भेटवार्ता
शुक्रबार, ०४ साउन २०८१, १२ : ३६

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले भेट गरी बधाई तथा शुभकामना दिएका छन् । परराष्ट्रमन्त्री राणालाई शुक्रबार उनकै कार्यकक्षमा भेटेर राजदूत डीआर थम्पसनले बधाई तथा शुभकामना दिएका हुन् ।
भेटमा मन्त्री देउवा र राजदूत थम्पसनबिच दुई देशको सम्बन्ध र विकास साझेदारीलगायत विभिन्न सहयोग सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पनि पराष्ट्रमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह