१५ औँ महाधिवेशन समयमै हुनेमा डा.कोइराला सशङ्कित
शुक्रबार, ०४ साउन २०८१, १४ : ००

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौँमा भेटघाट र छलफल गरेका छन् ।
कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शङ्का उत्पन्न भएको बताए ।
तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासायी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।
महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।
भेटघाटमा महानगर सभापतिहरू निलकाजी शाक्य (काठमाडौँ), सुवानन्द धाख्वा(ललितपुर), चित्रसेन अधिकारी (भरतपुर) दीपक चापागाईं (विराटनगर) र मनिन्द्र नेपाली (वीरगन्ज) सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?