दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
शुक्रबार, ०४ साउन २०८१, ०८ : १४
बागलुङ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो ।
वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमा सहभागी मन्त्रीसहितको कांग्रेस संसदीय दलको बैठक सुरु
-
अध्यादेश र सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र दुई धार
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
-
गुरुङ र मगर भाषालाई सरकारी भाषा बनाउँदै गण्डकी प्रदेश
-
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम