बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

९० हजार बालबालिकालाई दिवा खाजा खुवाउन ४० लाख डलर सहयोग

बिहीबार, ०३ साउन २०८१, १९ : १०
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । विद्यालय दिवा खाजा कार्यक्रमका लागि नेपाललाई ४० लाख अमेरिकी डलर सहयोग आएको छ । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन र विश्व खाद्य कार्यक्रम अमेरिकाले संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमका लागि ४० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन् ।

उक्त अनुदान सहयोगमार्फत कर्णाली प्रदेशको सुर्खेत र जाजरकोट जिल्लाका कक्षा ५ सम्मका ९० हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुनेछन् । सुर्खेत र जाजरकोटका ८ सयभन्दा बढी विद्यालयमा अध्ययनरत ५ कक्षासम्मका विद्यार्थीलाई उक्त दिवा खाजा दिइनेछ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर सहयोग घोषणा गरिएको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेराले हरेक दिन विश्वभर करोडौं मानिसहरू भोकमारीबाट पीडित भइरहेको बताए ।

यस कार्यक्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पोषणमा सुधारका साथै स्थानीय उत्पादनमा आधारित कृषि सामाग्रीको प्रयोग गरिनेछ । जसले गर्दा स्थानीय कृषक तथा समुदाय लाभान्वित हुँदै आएका छन् ।

विश्व खाद्य कार्यक्रमले दिवा खाजा कार्यक्रमका लागि सहयोग गर्दै आएको छ । नेपालमा दैनिक ३० लाखभन्दा बढी विद्यार्थीहरूले दिवा खाजा कार्यक्रम मार्फत पोषणयुक्त खाजा खादै आएका छन् । 

विश्व खाद्य कार्यक्रमकी नेपाल निर्देशक रोबर्ट कास्काले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रममार्फत आलीदेखि थालीसम्म ताजा पौष्टिक खाना मात्र नभई स्थानीय किसानहरूलाई समर्थन गर्दै सामुदायिक खाद्य प्रणालीलाई सुदृढ गर्दै आएको बताइन् ।

लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनले उपलब्ध गराएको सहयोग र अन्य विकास साझेदारहरूको सहयोगले कर्णालीका स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमको दृष्टिकोणलाई बलियो बनाउने उनको अपेक्षा छ ।

नेपालमा १९७१ देखि लायन्स क्लबले सेवा गर्दै आएको छ । हाल देशका ७० जिल्लामा २ हजारभन्दा बढी लायन्स क्लब सकृय छन् । यी क्लबमा ४६ हजारभन्दा बढी सदस्यहरू आबद्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप