रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले मुलुकमा रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्ने बताएका छन् । नेपाल इन्जिनीयर्स एसोसियसनको ६२ औँ स्थापना दिवसका अवसरमा आज प्रज्ञा भवनमा आयोजित ‘६२ औँ इन्जिनियर्स दिवस’ को कार्यक्रममा बोल्दै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू भएकाले रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्ने बताएका हुन् ।
“देश बनाउने जिम्मा तपाईँ हाम्रो काँधमा छ, बाहिरका व्यक्ति आएर देश बनाउँदैनन्, क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नेछ,”– उनले भने । मन्त्री खड्काले जुलाई २८ मा बङ्गलादेशसँग ४० मेगावाट विद्युत् खरिद बिक्रीको सम्झौता हुन लागेको जानकारी दिए । यसअघि नै १० हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्न सरकारले सम्झौता गरिसकेको उनको भनाई थियो ।
उर्जामन्त्री खड्काले इन्जिनियरिङ क्षेत्रको सचिवको पद काटिनु दुःखद भएको बताए । उनले इन्जिनीयरहरु कुनै पनि परियोजनामा छोटो समयसम्म काम गर्ने र अर्को परियोजनामा जाने गर्नाले कतिपय परियोजना अलपत्र हुने गरेको उल्लेख गरे ।
मन्त्री खड्काले एसोसिएसनमा आबद्ध इन्जिनियरको हक, हित र अधिकारका लागि बसेर छलफल गरी सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)