पहिरोले पाँच परिवार विस्थापित

बाजुरा । जिल्लाको भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन् । वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । दश घर अझै जोखिममा छन् ।
गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाका अनुसार गाउँमाथि र तलबाट पहिरो बग्न थालेपछि पाँच परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई सहयोग उपलब्ध गराउन गाउँपालिकाले पहल गरिरहेको छ । पहिरोले रनेडाका स्थानीय सालिभान रोकाया, महेन्द्र रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिं कार्कीले जानकारी दिए ।
विस्थापित परिवार सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन् । सोही बस्तीको तल र माथिबाट आएको पहिरोले १० परिवार जोखिममा छन् । उनीहरूलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गन समन्वय भइरहेको गौमुल गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-
२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन