द्रुतमार्गको भौतिक प्रगति ३५ प्रतिशत सकियो

काठमाडौँ । काठमाडौँ–तराई द्रुतमार्गको भौतिक प्रगति ३५.३८ प्रतिशतमा सीमित बनेको छ । निर्माणको समय गुज्रिने समय आइसक्दा समेत आर्थिक वर्ष २०८०/८१ सम्ममा कूल भौतिक प्रगति ३५.३८ प्रतिशत भएको हो ।
द्रुतमार्ग निर्माणको ठेक्का पाएको नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार भौतिक प्रगति ३५.३८ प्रतिशत रहँदा वित्तीय प्रगति ३६.३६ प्रतिशतमा सीमित छ । यो द्रुतमार्गको निर्माण २०८० वैशाख ५ गते नै सक्नुपर्ने हो । तर यो अवधिलाई थपेर २०८३ चैत मसान्तसम्म पुर्याइएको छ ।
तर कामको तीव्रता हेर्दा थपिएको समयावधिमा समेत काम नसकिने प्रस्टिन्छ । हाल आयोजनालाई १३ वटा प्याकेजमा राखेर निर्माण भइरहेको छ । १३ प्याकेजमध्ये ६.५ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मका प्याकेज १ देखि ७, ८ क, ८ ख, ९ क, ९ ख, र १० गरी १२ वटा प्याकेज निर्माणाधीन छन् ।
खरिद प्रक्रिया बाँकी रहेको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकाको ० किलोमिटरदेखि ६.५ किलोमिटरमा द्रुतमार्गको सुरु बिन्दु जग्गा अधिग्रहणको समस्याका कारण अघि बढ्न सकेको थिएन । यतिबेला यो काम समेत अघि बढेको सेनाले जनाएको छ । भौतिक प्रगति ९५ प्रतिशत प्याकेज कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताइएको छ ।
आयोजना अन्तर्गत रहेका जम्मा ६ वटा सुरुङमध्ये हाल ३ वटा सुरुङ निर्माणाधीन छन् । अन्य ३ वटा सुरुङको डिजाइन तथा पूर्व तयारीका काम भइरहेका छन् । निर्माणाधीन निजगढ काठमाडौँतर्फको महादेवटार सुरुङको लम्बाई ३.३२२ किलोमिटर मध्ये हालसम्म २.०२९ किलोमिटर खन्ने काम सम्पन्न भएको छ ।
यस्तै काठमाडौँ निजगढतर्फको लम्बाई ३.३८६ किलोमिटर सुरुङको २.२८८ किलोमिटर खन्ने काम सम्पन्न भएको छ । यो सुरुङको १ प्रतिशत खन्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
१० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय