किन हरियो भइरहेको छ समुद्रको रङ्ग ?
काठमाडौँ । समुद्रको रङ्ग सामान्यतः निलो देखिन्छ । तर पछिल्लो समय यसको रङ्ग निरन्तर हरियो हुँदै गइरहेको छ । यस्तो किन भइरहेको छ ? समुद्रको ५६ प्रतिशत पानीको रङ्ग नीलोबाट हरियो भएको नासाको एक स्याटेलाइट प्राप्त आँकडाले देखाएको छ । खासगरी भूमध्य रेखानजिक दक्षिणी हिन्द महासागरमा यस्तो भइरहेको छ । स्याटेलाइटमा रहेको मोडिस नामक स्पेक्ट्रोरेडियोमिटरबाट सन् २००२ देखि २०२२ सम्मको २० वर्षसम्म उपलब्ध तथ्याङ्कको अध्ययन गरेपछि अनुसन्धानकर्ताहरूले यो निष्कर्ष निकालेका हुन् ।
पृथ्वीको ७० प्रतिशत भन्दा बढी हिस्सा महासागरले ओगटेका छन् । तर महासागरहरू रहस्यमय तरिकाले नीलोबाट हरियो देखिन थालेका छन् । युके नेशनल ओशनोग्राफी सेन्टरको बी.बी. क्यालले गरेको अध्ययनबाट यो कुरा बाहिर आएको हो । नासाको एक्वा स्याटेलाइटबाट संकलन गरिएको २० वर्षको तथ्याङ्कको अध्ययन अनुसन्धानका क्रममा ५६ प्रतिशत समुन्द्रको पानीको रङ्ग नीलोबाट हरियो भएको देखियो ।
किन परिवर्तन हुँदै छ समुन्द्रको रङ्ग ?
महासागरको रङ्ग परिवर्तनको कारक त्यहाँका फाइटोप्लाङ्क्टन समुदाय हुन् । यी सामुद्रिक जीवले हरियो रङ्गमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यी जीवले कार्बन डाइअक्साइड छोड्छन् । यसका कारण फाइटो ब्लूम बढ्छ । यी फाइटोप्लाङ्क्टनमा हरियो रङ्गको क्लोरोफिल हुन्छ जसले समुद्रलाई हरियो बनाउँछ । फाइटोप्लाङ्क्टन समुदायका जीवनको सङ्ख्यामा भइरहेको वृद्धिका कारण रङ्ग बद्लिएको हो ।
‘रङ्ग आफैँ पनि मानिसले आफ्नो भाषामा सजिलै बुझ्न सक्ने वा राम्रोसँग देख्न सक्ने कुरा होइन । तर यो केही चीज चाहिँ पक्कै हो जसका कारण मान्टिस झिँगा वा पुतलीले देख्न सकिन्छ ।’ बेलायतको साउथह्याम्प्टनस्थित नेशनल ओशनोग्राफी सेन्टरका वैज्ञानिक बी.बी. केले भनेका छन् । केल यस अध्ययनका प्रमुख लेखक हुन् । मानव गतिविधिहरूले महासागरहरूलाई कसरी असर गर्छ भन्नेबारे पनि उनले कुरा गरेका छन् ।
मानव गतिविधिले पृथ्वीको जीवनलाई कसरी असर गर्छ भन्ने प्रमाण यसले दिएको उनी बताउँछन् । जलवायु परिवर्तनको लागि जिम्मेवार हुन सक्ने भएकोले वैज्ञानिकहरूले फाइटोप्लाङ्क्टनमा भएको वृद्धि र यसको समुदायको निरीक्षण गरिरहेका छन् । नासाले आगामी मिसनमा यही वर्ष पेस उपग्रह मिसन लन्च गर्दैछ । यसले फाइटोप्लाङ्क्टन विविधताको थप अध्ययन गर्नेछ । महासागरमा यी कारकहरूको वृद्धिको गतिलाई कसरी सुस्त पार्ने भनेर वैज्ञानिकहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना