बङ्गलादेशमा बस्ने नागरिकका लागि भारतले जारी गर्यो एडभाइजरी

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध विद्यार्थीहरूले व्यापक प्रदर्शन गरिरहेका छन् । हालै मात्र त्यहाँ हिंसात्मक आन्दोलनका क्रममा केही विद्यार्थीको मृत्यु पनि भयो ।
बङ्गलादेशमा जारी विरोध प्रदर्शनलाई दृष्टिगत गरेर ढाकास्थित भारतीय उच्चायोगले त्यहाँ बस्ने भारतीयहरूका लागि एडभाइजरी जारी गरेको छ । एडभाइजरीमा भारतीयहरूलाई यात्रा नगर्न र आफू बस्ने गरेको भवनको परिसरबाट सकेसम्म कम बाहिर निस्कन सल्लाह दिइएको छ ।
आपतकालीन स्थिति उत्पन्न भयो भने उच्चायोग र सहायक उच्चायोगसँग सम्पर्क गर्न सल्लाह पनि दिइएको छ । उच्चायोगले यस सम्बन्धमा आपत्कालीन नम्बरहरू समेत जारी गरेको छ ।
विगत केही दिनदेखि बङ्गलादेशमा विश्वविद्यालयका विद्यार्थीहरूले सन् १९७१ को मुक्ति सङ्ग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको चर्को विरोध प्रदर्शन गरिरहेका छन् । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि लड्नेहरूलाई बङ्गलादेशमा ‘युद्ध नायक’ भन्ने गरिएको छ । देशको एक तिहाइ सरकारी जागिरमा यी युद्ध नायकका सन्तानका लागि आरक्षणको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजीकरण विधेयक सार्वजनिक संस्थानहरूलाई कौडीको भाउमा बेच्न ल्याइएको होइन : अर्थमन्त्री पौडेल
-
अस्पतालबाट डिस्चार्ज भए एआर रहमान
-
सरकारसमक्ष पेस गरेको राप्रपाको ४० बुँदे माग अलपत्र
-
गोदावरीमा अवैध वन उत्खनन, तीन व्यवसायीविरुद्ध मुद्दा
-
पाकिस्तान : बम विस्फोट हुँदा कम्तिमा पाँच सुरक्षाकर्मीको मृत्यु, ३२ जना घाइते
-
‘संघ संस्थामाथिको हमला लोकतन्त्र माथिको हमला’