युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा कटौती गर्दै जर्मनी

बर्लिन । जर्मनीले अर्को वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने योजना बनाएको छ । अहिले दिइरहेको सहायता घटाएर झन्डै आधामा पारिने बताइएको छ ।
जर्मनीले युक्रेनलाई वार्षिक झन्डै ८ अर्ब युरो सहायता दिँदै आएको छ । यो सहायता सन् २०२५ देखि चार अर्ब युरोमा झर्न सक्नेछ । जी सेभेनमा सदस्य देशहरूले रुसको जफत गरेको सम्पत्तिबाट ५० अर्ब डलर जुटाउने योजना बनाइरहेका छन् । यस योजनाले निकट भविष्यमा युक्रेनलाई आवश्यक सहायता सुरक्षित गर्नेछ ।
अमेरिकापछि जर्मनी युक्रेनलाई सहायता दिने दोस्रो ठुलो देश हो । सन् २०२४ मा जर्मनीले युक्रेनका लागि करिब ७ अर्ब ५ करोड युरो बजेट विनियोजन गरेको थियो । अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता कटौती गर्ने हो कि भनेर युक्रेन र यसका सहयोगी युरोपेली देशहरू डराइरहेकै समयमा यो कटौती हुन लागेको हो । अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जिते भने उनले युक्रेनलाई दिइने सहयोगमा रोक लगाउन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु
-
पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
-
बबरमहलमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु, दुई घाइते
-
लजमा जुवातास खेलिरहेका १३ जना पक्राउ
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?