व्यवसायीको निराशा : बजेटमा नभएको व्यवस्था मौद्रिक नीतिले कसरी गर्छ ?

काठमाडौँ । उद्योग व्यवसायीले मौद्रिक नीतिप्रति त्यति ठुलो अपेक्षा आफूहरूलाई नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धी विचार विमर्श कार्यक्रममा बोल्दै नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बजेटले नै निजी क्षेत्रका लागि खास कार्यक्रम ल्याउन नसकेको भन्दै मौद्रिक नीतिले केही गर्न नसक्ने ठोकुवा गरे ।
‘सरकार परिवर्तन भएको छ । नियमित प्रक्रिया नयाँ मन्त्री, प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन गइयो । उहाँहरूलाई भेट्दा अब एकाएक मुलुक कायापलट हुन्छ, आर्थिक सामाजिक राजनीतिक सुधारमा ६ महिनामा नै उथलपुथल हुन्छ जस्तो धारणा राख्नुभयो । तर हुने चाहिँ केही होइन’, पाण्डेले भने, ‘जब सरकारको वित्त नीतिले नै कार्यक्रम अघि सारेको छैन भने कार्यान्वयनको पक्ष मौद्रिक नीतिले के गर्न सक्छ र ?’
व्यवसायी पाण्डेले अवस्था बुझेर उत्पादन र व्यवसायीमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह