देशमा रोजगारी सिर्जना गर्ने ठाउँहरु प्रशस्त छन् : मन्त्री खड्का
बिहीबार, ०३ साउन २०८१, १५ : ०३

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा रोजगारी सिर्जना गर्ने ठाउँहरु प्रशस्त भएको बताएका छन् ।
बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताए । उनले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको पनि जानकारी दिए । त्यस्तै केही दिनपछि बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने उजानकारी दिए।
मन्त्री खड्काले इन्जिनियरहरु कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा ध्यानाकर्षण गराए । उनले इन्जिनियरहरुलाई द्विपक्षिय अथवा त्रिपक्षिय सम्झौता गरेर काम गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन
-
नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा