सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालको जीडीपीको आकार करिब ४२ अर्ब डलर मात्र हो, यसलाई बढाउन आवश्यक : भुवन दाहाल

बिहीबार, ०३ साउन २०८१, १५ : ०३
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । पूर्वबैंकर भुवन कुमार दाहालले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार करिब ४२ अर्ब डलर हाराहारी मात्र रहेको बताएका छन् । 

नेपालको वित्त क्षेत्र र कर्जा प्रवाहको स्थिति हेर्ने हो भने २० वर्ष अवधिमा औषत १९ प्रतिशतले कर्जा लगानी वृद्धि भएको उनले बताए । पछिल्लो वर्ष २०८०/८२ मा करिब ६ प्रतिशत मात्र क्रेडिट ग्रोथ हुँदा ३ प्रतिशत हाराहारी मात्र आर्थिक वृद्धि हुन सकेको उनको भनाइ छ । 

तर, सरकारले बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । सोही लक्ष्यलाई निरन्तरता दिँदै सरकारले आर्थिक वर्ष २०८१/८२ मा पनि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बताइएको छ । 

अहिलेको ५७ खर्बमाथिको जीडीपीको आधार मान्दा बैंकहरुले गरेको कर्जा लगानी कम भएपनि वास्तविक ४२ अर्ब डलर हाराहारीको जीडीपीमा भने राम्रो रहेको दाहालले बताए ।

‘बरु कम भएको पर क्यापिटा इनकम (प्रतिव्यक्ति आय) मा हो । कर्जा लगानी त राम्रो नै छ । नेपालको वास्तविक जीडीपीको आधार ४२ अर्ब डलर हाराहारी मात्र हो’, दाहालले भने । 

६ प्रतिशतको आर्थिक वृद्धिका लागि राष्ट्र बैंकले लिने कर्जा नीतिमा पनि भर पर्ने उनले बताए । जम्मा ४२ अर्ब डलर हारहारीको सानो जीडीपी भएको मुलुकमा योभन्दा बढी लगानी गर्दा पनि खास उपलब्धि हासिल हुने स्थिति नरहेको उनले बताए । 

आर्थिक वृद्धिका लागि पनि नेपालले जीडीपीको आकार बढाउनुपर्ने दाहालले बताए । यसका लागि निजी क्षेत्रको लगानीका साथसाथै सरकारले विदेशी लगानी (एफडीआई) लाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्रीय बैंकले तयार गरिरहेका मौद्रिक नीतिको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा दाहालले यस्तो विचार राखेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप