बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

साढे ४ करोड डलरमा बिक्यो डाइनासोरको कंकाल

बिहीबार, ०३ साउन २०८१, १४ : १५
बिहीबार, ०३ साउन २०८१

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सिटीमा भएको एउटा लिलामीमा डाइनासोरको कंकाल झन्डै साढे ४ करोड डलरमा बिक्री भएको छ । सुथबिजको लिलाम गृहमा घाँसपात खाने स्टेगोसरस प्रजातिको डाइनासोर ४ करोड ४६  लाख डलरमा  बिक्री भएको हो । 

११ फिट अग्लो र नाकदेखि पुच्छरसम्म २७ फिट लम्बाई भएको यो डाइनासोर सुथबिजको लिलाम गृहमा बेचिएको अहिलेसम्मकै सबैभन्दा पूर्ण कंकाल हो ।

सो कंकाललाई एपेक्स उपनाम दिइएको थियो । क्रेताको नाम अहिलेसम्म खुलाइएको छैन । एपेक्स अमेरिकामा जन्मिएको र अमेरिकामै बस्ने क्रेताले बताएका छन् । सन् २०२२ मा अमेरिकाको पश्चिमी राज्य कोलोराडोमा एपेक्सको कंकाल संयोगले भेटिएको थियो । यसलाई पेशागत जिवाश्मा खोजीककर्ता ज्यासन कूपरले फेला पारेका थिए । सुथबिजको लिलामीमा विक्री हुने एपेक्स अहिलेसम्म सबैभन्दा मूल्यवान जीवाश्मा हो । एपेक्सले पाएको यो मूल्य विक्री अघि अनुमान गरिएको भन्दा ११ गुण बढी भएको लिलाम गृहले भनेको छ ।

सो लिलामीमा ७ जना क्रेता सहभागी भएका थिए । स्टेगोसरस पछिल्लो जुरासिक कालमा झन्डै १५ करोड वर्ष अघि पृथ्वीमा पाइन्थ्यो । यसअघि सन् २०२० मा टिरानोसरस रेक्सको कंकाल ३ करोड १८ लाख डलरको कीर्तिमानी मूल्यमा बिक्री भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप