कुन प्रदेशमा कति भयो रोपाइँ ?
काठमाडौँ । देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाइँ हुने सरकारी अनुमान रहेको मध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
सबैभन्दा धेरै रोपाइँ मधेस प्रदेश हुन्छ । यहाँ ३ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा जमिनमध्ये २ लाख ३५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, कोशीको २ लाख ७६ हजार हेक्टर क्षेत्रफलमध्ये १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
बाग्मती प्रदेशमा १ लाख ४५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । यसमध्ये ७९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
यस्तै, गण्डकी प्रदेशमा ९६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । यसमध्ये ६४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ ।
लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयको अनुमान छ । यसमध्ये २ लाख ७हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
कर्णाली प्रदेशमा १ लाख ७४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । यसमध्ये १ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
सुदूरपश्चिममा १ लाख ७४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । यहाँ करिब १ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
यो वर्ष देशभर करिब ६९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यो समयावधिमा ५६ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्माको निष्कर्ष– ओली सरकार असफल, गम्भीर राजनीतिक संकटको खतरा देखियो !
-
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?
-
‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी