टिकट बिक्रीमा कल्कीले बनायो नयाँ रेकर्ड
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । हलमा रिलिज भएदेखि फिल्मले अलग अलग रेकर्ड तोडिरहेको छ । हालै कल्की उत्तरी अमेरिकामा सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय चलचित्र बन्यो ।
अब यो फिल्मको नाममा अर्को कीर्तिमान दर्ता भएको छ । फिल्मले शाहरुख खानको फिल्म जवानको रेकर्ड तोडेको छ । यसले अनलाइन टिकट बुकिङ वेबसाइट बुक माई शोमा टिकट बिक्रीमा जवानको कीर्तिमान तोडेको छ ।
२० दिनमा बुक माई शोमा फिल्मका १ करोड २१ लाख ५० हजार वटा टिकट विक्री भएको छ । बुक माई शोमा अहिलेसम्म कुनै पनि चलचित्रको यति धेरै टिकट बिक्री भएको थिएन । यसअघि यो कीर्तिमान शाहरुख खान र नयनताराको फिल्म जवानको नाममा थियो । साइटमा जवानका १ करोड २० लाख १० हजार टिकट बिकेका थिए ।
बुक माई शोमा कल्कीको यो मात्रै रेकर्ड छैन । फिल्मको एड्भान्स बुकिङ सुरु भएको एक घण्टामा ९५ हजार ७१० टिकट बिक्री गरेर यसले अर्को पनि कीर्तिमान बनाएको थियो । सो साइटमा एक घण्टामा शाहरुखको जवानको ८६ हजार टिकट विकेका थिए ।
कल्कि २८९८ एडी जुन २७ रिलिज भएको थियो । फिल्मको बक्स अफिस कलेक्सनको कुरा गर्दा पहिलो साता ४१४ करोड ८५ लाख भारु कमाएको थियो । दोस्रो हप्तामा यसको कमाई १२८ करोड ५० लाख भारु रह्यो । तेस्रो हप्ताको अहिलेसम्मको कमाई समेत मिलाएर हेर्दा फिल्मले घरेलु बक्स अफिसमा ५९६ करोड ३२ लाख भारुको व्यापार गरेको छ । विश्वभरको यसको आम्दानीको १ हजार करोड माथि उक्लिसकेको छ ।
कल्कि २८९८ एडीलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्मलाई वैजयन्ती मुभिजले निर्माण गरेको हो । फिल्ममा प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन, दिशा पटानी, मृणाल ठाकुर, शोभना र राजेन्द्र प्रसादलगायत धेरै कलाकारले काम गरेका छन् । फिल्ममा दुल्कर सलमान, विजय देवरकोंडा र निर्देशक एसएस राजामौलीको क्यामियो पनि देख्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो ध्यान पार्टी फुटाउने र जोड्नेमा होइन, सरकार प्रभावकारी बनाउनेमा छ : प्रधानमन्त्री
-
राष्ट्रपतिद्वारा यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश जारी
-
प्रहरी निरीक्षक सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षीले बयान फेरे, अख्तियारद्वारा मुद्दा दर्ता
-
रास्वपाले भन्यो : वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको घटनामा संलग्नता भेटिए कारबाही हुन्छ
-
यस्ता छन् सरकारले ल्याएका अध्यादेशका विशेषताहरु
-
स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश