इजरायली आक्रमणमा ८१ जनाको मृत्यु
बिहीबार, ०३ साउन २०८१, १२ : ३०

रफाह । इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको बताइएको छ ।
गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित प्यालेष्टिनी नागरिकहरू बसिरहेका कम्तीमा ८ ओटा विद्यालयमाथि आक्रमण गरेको प्यालेष्टिनी शरणार्थीका लागि राहत कार्य गर्ने संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले भनेका छन् ।
गाजामा इजरायलको युद्धमा अहिलेसम्म कम्तीमा ३८ हजार ७९४ जनाको मृत्यु भएको छ भने ८९ हजार ३६४ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड