बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कोभिड भएपछि बाइडेनले छाड्लान् उम्मेदवारी ?

बिहीबार, ०३ साउन २०८१, १२ : १३
बिहीबार, ०३ साउन २०८१

वाशिङटन डीसी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड भएको खबर आएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बिहीबार बाइडेन आइसोलेशनमा बसेर काम गर्ने बताएको थियो । एक दिन पहिला नै बाइडेनले आफूलाई डाक्टरले अनुपयुक्त घोषित गरे राष्ट्रपति निर्वाचनको दौडबाट बाहिर आउने बताएका थिए ।

अमेरिकी न्युज च्यानल बीईटीलाई दिएको एक रेकर्ड अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । यो अन्तरवार्ता एक दिन अगाडि अर्थात् जलाई १७ मा प्रसारण भएको थियो ।

बाइडेनले सार्वजनिक रूपमा उम्मेदवारी छाड्नेबारे अभिव्यक्ति दिएको यो पहिलो पटक थियो । बाइडेनको खराब स्वास्थ्य अवस्था र डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीको लागि चलिरहेको सङ्घर्षबारेमा सोधिएको प्रश्नमा यदि डाक्टरहरूले मलाई अयोग्य वा कुनै रोगबाट ग्रसित बतायो भने त यो एउटा समस्या हो भनेका थिए । अन्तरवार्तामा आफूले कस्तो खालको मेडिकल समस्याबारे कुरा गरेको भनेर चाँहि बाइडेनले स्पष्ट भनेका थिएनन् ।

६ घण्टा मात्र काम गर्न सक्छन् बाइडेन

दुई हप्ता अघि आई एक्सियोस्ले बाइडेनको खराब स्वास्थ्यबारे कयौँ प्रश्न उठाएको थियो । आई एक्सियोस्को रिपोर्टका अनुसार बाइडेनले बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र काम गर्न सक्नेछन् । ह्वाइट हाउसका कर्मचारीहरूलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टअनुसार बाइडेन दिनमा ६ घण्टा मात्रै काम गर्न सक्षम भएको बताइएको थियो ।

यसअघि, जुन २८ मा ट्रम्पसँगको खुला बहसमा बाइडेनले धेरै अवसरहरूमा विचार नगरी बोलिरहेका थिए । कयौँ पटक उनी लडखडाएको पनि देखियो । यसले पनि उनी बहसमा कमजोर साबित भए । नेटो शिखर सम्मेलनमा बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पुटिन भनेका थिए । त्यसको केही समयपछि उनले अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसको नाम बिर्सेर उनलाई डोनाल्ड ट्रम्प भने ।

राष्ट्रपतिको चुनाव ट्रम्पले जित्न सक्ने : जनमत सर्वेक्षण

यही आइतबार एउटा चुनावी र्यालीमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भयो । यो घटनालगत्तै अमेरिकी सञ्चारमाध्यम सीएनएनले गरेको सर्वेक्षणले आगामी निर्वाचनमा ट्रम्पले जित्ने देखाएको छ । सर्वेक्षणका अनुसार कुल ५८८ सिटमध्ये ट्रम्पको रिपब्लिकन पार्टीले ३३० सिट जित्ने सम्भावना छ । अमेरिकामा राष्ट्रपति बन्न कुनै पनि दलले २७० सिट जित्नुपर्छ । बाइडेनको डेमोक्र्याटिक पार्टीले २०८ सिट मात्रै पाउन सक्ने सर्वेक्षणले देखाएको छ । यसअघि २०२० मा भएको निर्वाचनमा बाइडेनको पार्टीले ३०६ र ट्रम्पको पार्टीले २३२ सिटमा जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप