कहिले बन्ला अल्जाइमर्सविरुद्धको खोप ?
लन्डन । अल्जाइमर मस्तिष्कसँग सम्बन्धित रोग हो । यसमा मस्तिष्कका कोशिकाहरू क्षतिग्रस्त हुन थाल्छ । यो रोगमा मान्छेको स्मरणशक्ति कमजोर हुन्छ अनि बिस्तारै कुराहरू बिर्सन थाल्छ ।
अल्जाइमर डिमेन्सियाको सबैभन्दा सामान्य प्रकार हो । यो रोगका कारण मस्तिष्क खुम्चिन थाल्छ र बिरामीको सोच्ने, बुझ्ने र व्यवहार गर्ने क्षमता गुम्न थाल्छ । अल्जाइमर रोगले सामान्यतया वृद्ध वृद्धाहरूलाई असर गर्छ । तर यसले जुनसुकै उमेरका मानिसलाई सताउन सक्छ ।
अल्जाइमरका बिरामीको उपचार औषधिबाट गरिन्छ । उपचार गरेर पनि यो रोग पूर्ण रूपमा निको हुँदैन । औषधिले यो रोगको गतिलाई कम मात्रै गर्न सक्छ । पछिल्लो समय अल्जाइमरबाट पीडित रोगीको सङ्ख्या बढ्दो छ । यो रोगबाट मानिसलाई बचाउने खोप बनाउने प्रयास पनि जारी छ । तर यतिबेला प्रश्न अल्जाइमरविरुद्धको खोप कहिले बन्छ भन्ने हो ? लामो समयदेखि यो खोपमा काम भइरहेको भएपनि अहिलेसम्म ठोस नतिजा आउन सकेको छैन ।
खोप खासगरी सङ्क्रमण रोक्न प्रयोग गरिन्थ्यो । तर अब यसलाई धेरै प्रकारका क्यान्सरलगायत गैर–सङ्क्रामक रोगहरूमा पनि प्रयोग गरिरहेको हार्वर्ड हेल्थले एक रिपोर्टमा भनेको छ । सङ्क्रामक रोगको खोपमार्फत शरीरमा सो सङ्क्रमण गराउने भाइरसको एकदमै सानो टुक्रा घुसाइन्छ । यसलाई प्रतिरक्षा प्रणालीले बाहिरी तत्त्वको रूपमा हेर्छ र त्यसलाई हटाउन कोश उत्पादन गर्न थाल्छ । यसरी खोपले सङ्क्रमण हटाउन काम गर्छ । तर, अल्जाइमरको मामिला अलि फरक छ ।
अल्जाइमर रोगमा एमाइलोइड–बिटा र टाउ मलिक्यूलहरू बढेर मस्तिष्कका कोशिकाहरूलाई नोक्सान गर्न थाल्छन् । यसबाट बच्न अहिले ९ वटा खोपको परीक्षण भइरहेको छ । यी खोपहरूको परीक्षण अल्जाइमर रोग भएका वा अल्जाइमर देखिनुभन्दा अघिको अवस्थामा रहेका मानिसहरूमा भइरहेको छ । यी खोप मस्तिष्कमा जम्मा भएका एमाइलाइड–बिटा र टाउ मलिक्युलहरूलाई प्रतिरक्षा प्रणालीले नष्ट गर्न सक्ने गरी बनाइएको छ । यो खोप पनि सुईमार्फत नै लगाइने हो । हार्भार्ड मेडिकल स्कुलले नेजल खोपको परीक्षण पनि गराएको थियो ।
अहिले भटाभट परीक्षण भइरहेका अल्जाइमरको खोप प्रभावकारी हुन्छन् कि हुँदैनन् भन्ने कुरा धेरै वर्षपछि थाहा हुने वैज्ञानिकहरू बताउँछन् । अल्जाइमर रोग लागिसकेको कयौँ वर्षपछि मात्रै यसको लक्षण देखा पर्छन् । अल्जाइमर्स प्रारम्भिक चरणमा भएकै समयमा पत्ता लगाउनु अहिले चुनौतीपूर्ण छ । अहिले परीक्षणको चरणमा रहेका खोपबारे अहिले नै केही भनी हाल्न हतार हुनेछ । अल्जाइमरको विकास हुन दशकौँ लाग्छ । यसको खोप विकास हुन पनि दशकौँ लाग्न सक्छ । तर, भविष्यमा यसको खोप बन्न सक्छ भन्ने कुरालाई नकार्न सकिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ