चन्द्रमामा भेटियो गुफा !
वासिङ्टन डीसी । वैज्ञानिकहरूले लामो समयदेखि चन्द्रामा पनि गुफा हुनसक्ने बताउँदै आएका थिए । अब भने अनुसन्धानकर्ताहरूले चन्द्रमामा गुफा फेला पारेका छन् । चन्द्रमामा मौसम प्रतिकूल भएको स्थितिमा यसले अन्तरिक्ष यात्री र रोबोटहरूलाई आश्रय दिन सक्ने आशा गरिएको छ ।
अमेरिका र चीन जस्ता देशहरूले चन्द्रमामा लामो समय मानव उपस्थिति सम्भव गराउन प्रयासरत छन् । यही बीचमा गुफा फेला पर्नुले भविष्यमा हुने अन्तरिक्ष अन्वेषणका लागि सहज हुनसक्ने बताइएको छ ।
वैज्ञानिकहरूले चन्द्रमाको मेर ट्रान्क्विलिटेटिस नामक समथर भूमिमा फेला परेको खाल्डोको अभिलेखीय रडार मापनको अध्ययन गरेका थिए । मेर ट्रान्क्विलिटेटिस भनेको सन् १९६९ मा अपोलो ११ मिसन ल्यान्ड भएको ठाउँ हो ।
खाल्डोभित्र के छ भनेर पत्ता लगाउन नासाको रिकोनेसा अर्बिटरले सन् २०१० मा वेबलेन्थ प्रयोग गरेर डेटा सङ्कलन गरेको थियो । यही डेटाहरूको विश्लेषण गर्ने क्रममा अनुसन्धानककर्ताहरुले १३० देखि १७० मिटर गहिरो खाली ठाउँ फेला पारेका हुन् । गुफा कम्तीमा ४५ मिटर फराकिलो छ भने ३० देखि ८० मिटर लामो छ ।
चन्द्रमामा यस बाहेक अरू पनि गुफा भेटिन सक्ने बताइएको छ । लामो समयदेखि चन्द्र गुफा रहस्यमय रहँदै आएको थियो । ५० वर्षभन्दा बढी समयदेखि वैज्ञानिकहरूले चन्द्रमामा गुफाको अस्तित्वको परिकल्पना गर्दै आएका थिए ।
अन्ततः यसको अस्तित्व प्रमाणित हुनु आश्चर्यजनक भएको अध्ययनका सह–लेखक लियोनार्दो केर्रेरले भनेका छन् । भविष्यमा हुने चन्द्रमासम्बन्धी अनुसन्धान र अन्वेषणले चन्द्रमाको उद्विकास र ज्वालामुखीबारे नयाँ अन्तरदृष्टि दिनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
छ महिनामा जीवनबीमा कम्पनीले उठाए ८१ अर्ब प्रिमियम
-
शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह
-
कृषि विश्वविद्यालयमा डीन नियुक्त
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?