संघीय सरकारले प्रदेश र स्थानीय तहलाई चार किस्तामा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने

काठमाडौँ । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई चार किस्तामा वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने भएको छ ।
अर्थ मन्त्रालयका अनुसार अनुदानको एक चौथाइले हुन आउने रकम महालेखा कार्यालयमार्फत चार किस्तामा वितरण गरिने भएको हो । जसअनुसार सम्बन्धित प्रदेश तथा स्थानीय तहको सञ्चित कोषमा भदौ २, कात्तिक २, माघ २ तथा २०८२ वैशाख २ मा अनुदान हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ ।
वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्दा पुस मसान्तसम्मको राजश्व लक्ष्य र सो अवधिमा संकलन भएको राजश्व अनुपातको आधारमा समानीकरण अनुदान निर्धारण गरिने छ । सोही बमोजिम तेस्रो किस्ताको रूपमा र चैत मसान्तसम्मको राजश्वको लक्ष्य र संकलन भएको राजश्वको आधारमा समानीकरण अनुदान पुनः निर्धारण गरी चौथो किस्ताको रूपमा हस्तारन्तरण गरिने मन्त्रालयले जनाएको छ ।
यसैगरी वित्तीय समानीकरण अनुदानबाट खर्च भएको रकमको विवरण प्रदेश र स्थानीय तहले २०८१ कात्तिक १, माघ १, २०८२ वैशाख १ र वार्षिक आर्थिक विवरण आगामी आर्थिक वर्षको साउन मसान्तभित्र तथा संघीय सरकारबाट हस्तान्तरण भएको रकमको खर्च विवरण सरकारले निर्धारण गरेको समयमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनु पर्ने छ ।
सो बमोजिमको विवरण प्राप्त नभएसम्म वित्तीय समानीकरण अनुदान बापतको बाँकी रकम प्रदेश वा स्थानीय तहको सञ्चित कोषमा हस्तान्तरण नगरिने अर्थ मन्त्रालयको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता