एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए
बिहीबार, ०३ साउन २०८१, १० : ०८
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ ।
जसअनुसार एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ । बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ ।
यस्तै २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । बोर्डले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत भएर नतिजा फरक परेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी