महाराष्ट्र : प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिए

गडचिरोली । महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिएका छन् । यो भिडन्त छत्तीसगढ र महाराष्ट्रको सीमा क्षेत्रमा भएको हो।
गडचिरोलीको झारवण्डी थाना अन्तर्गत छिन्दभट्टी र छत्तीसगढको बन्दे काँकेर थानाको बिचको जंगलमा बुधबार दिउँसो १:३० देखि २ बजेसम्म प्रहरी र माओवादीको बटालियनबिच भिडन्त भएको थियो ।
भिडन्तमा एक प्रहरीलाई पनि गोली लागेको बताइएको छ । समाचार एजेन्सीका अनुसार दिउँसो सुरु भएको भिडन्त साँझसम्म जारी रहेको थियो ।
छत्तीसगढ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबिच ६ घण्टासम्म गोली हानाहान भएको थियो । त्यसपछि उक्त क्षेत्रमा खोजी गरिएको थियो । खोजीका क्रममा हालसम्म १२ माओवादीको शव बरामद भएको छ । यसका अलावा ३ एके ४७ थान, एक कार्बाइन, एक एसएलआरसहित सात वटा स्वचालित हतियार पनि बरामद गरिएको छ ।’
महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फनाविसले पनि माओवादीसँगको भिडन्तमा १२ नक्सलवादी मारिएको जानकारी दिएका छन् । महाराष्ट्र सरकारको तर्फबाट उनले गडचिरोली प्रहरीलाई ५१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित