‘द्रौपदी’मा निर्देशक आचार्यको विशेष भूमिका

काठमाडौँ । ऋषिराज आचार्य निर्देशित फिल्म हो ‘द्रौपदी’ । सम्पादनको अन्तिम चरणमा रहेको फिल्म छिट्टै प्रदर्शनमा ल्याउने योजना निर्देशक आचार्यको छ । त्यसैले फिल्मको दुई सेड्युलमा सम्पादन समेत चलिरहेको छ । ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर निर्माण गरिएको निर्देशक आचार्य बताउदै आएका छन् ।
फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास ), प्रकाश ज्ञवाली ,सीता बौडेल , सुरज अधिकारी आदि कलाकारको अभिनय छ ।
फिल्ममा निर्देशक आचार्यको समेत विशेष भूमिकाको खुलेको छ । निर्माण युनिटले फिल्मको एक तस्बिर सार्वजनिक गर्दै निर्देशकको पनि फिल्ममा अभिनय रहेको जनाएको हो । तस्बिरमा निर्देशक आचार्यले फिल्मकी मुख्य नायिकालाई घोडामा डोर्याइरहेका छन् । फिल्ममा रहेको आफ्नो भूमिकाको रहस्यपछि मात्र खोल्ने निर्देशक आचार्यले बताए । ‘यसपटकको फिल्म सरप्राइज प्याकेजले भरिएको छ’, आचार्यले भने ‘ति मध्यको एक मेरो भूमिका पनि हो ।’ अन्य केही सरप्राइज आगामी दिनमा यसै गरेर खोल्दै जाने उनले सुनाए ।
रवि ओडको सङ्गीत रहेको फिल्ममा मोहन कुमार झिल्लुको छायाङ्कन छ । ऋषिराज आचार्य, विष्णु ठडराई (सुवास ), प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह निर्माता रहेको फिल्मको कथा, पटकथा, संवाद तथा गीत निर्देशन ऋषिराज आचार्यकै छ । आचार्यको यसअघि केही फिल्म प्रदर्शनमा आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु