माओवादी–एमाले गठबन्धन टुट्नुमा कमजोरी कसको ? वर्षमान पुनले गरे यस्तो खुलासा
काठमाडाैँ । दुई ठुला दल कांग्रेस र एमालेबिच प्रतिस्पर्धाको फाइदा उठाउँदै एक दशकसम्म सत्ताको लाभ लिएको माओवादी केन्द्र अहिले प्रतिपक्षमा पुगेको छ ।
पछिल्लो समय एमाले र माओवादीबिच सत्ता सहकार्यसहित दीर्घकालीन रूपमा पार्टी एकता गर्ने गरी गठबन्धन बनाएको चार महिना नपुग्दै भत्कियो ।
दुई तिहाइ मतका साथ सरकारमा सहभागी भएका कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधनको मुद्दा आगाडि सारेका छन् । सत्ता गठबन्धनको भूमिकाप्रति माओवादी सशङ्कित देखिएको छ ।
एकाएक सत्ता र शक्ति गुमाएको उसले प्रमुख प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्छ ? माओवादी–एमाले गठबन्धनको सूत्रधार रहेका उपमहासचिव वर्षमान पुनसँग रातोपाटीका सम्वाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, पुनसँग गरिएको कुराकानीको सम्पादित अंश :
एमाले–माओवादी समीकरण बनाउने तपाईंको पछिल्लो सूत्र कसरी असफल भयो ?
वामहरू वैचारिक, व्यावहारिक, कार्यशैलीको रूपले नजिक हुन्छन् । त्यसैले वैचारिक र सैद्धान्तिक रूपले नजिक भएका शक्ति मिलेर जानु राम्रो हुन्छ । मिल्दा दीर्घकालीन र राजनीतिक रूपले स्थायित्व हासिल हुन्छ भन्ने सोचका साथ मूलतः वाम गठबन्धन बनाइएको हो । गठबन्धनमा वाममात्रै त थिएनौँ तर त्यतिखेरै अध्यक्ष प्रचण्डले मलाई ‘तपाईंले सोचेजस्तो ओलीजी वाम होइन । यद्यपि धेरै वामपन्थी सोच भएका नेता तथा कार्यकर्ता एमालेभित्र छन् । ओली वाम होइन, म यसमा भ्रमित छैन’ भनिराख्नु हुन्थ्यो । त्यो कुरा ओलीजीले पुष्टि गर्नुभयो । आधारभूत रूपमा ओलीजी वाम सोच र प्रवृत्तिको मान्छे होइन रहेछ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ ।
वाम गठबन्धन टुट्नुमा कसको कमजोरी भयो ?
यसमा अरुलाई आरोप लगाउने कुरा भएन । हामीले नै ओलीजीलाई बुझ्नमा गल्ती ग¥यौँ, किनभने उहाँले दुई पटक संसद विघटन गर्नुभयो । दुई तिहाइ नजिक भएको नेकपालाई कमजोर र विघटन गर्नुभयो । संविधानमाथि प्रहार गरेर च्यात्ने काम भयो । अब त सच्चिनुभयो होला भन्ने हाम्रो जुन निष्कर्ष र विश्लेषण थियो, त्यो मनोगत विश्लेषण रहेछ ।
बेचन झालाई पक्रेर ल्याइसकेपछि राजनीतिमा निकै तरङ्ग आइसकेको थियो । खारगरी बुढानीलकण्ठ बढी नै तरङ्गित थियो । त्यसको तरङ्ग बालकोटसम्म पुग्यो । धेरै नै चलखेल असार १५ मा भयो । मानिसहरू दहीचिउरा खान लागेको, धान रोपाइँमा व्यस्त भएको बेला देउवा र आरजुजी जसरी बालकोट पुग्नुभयो, यसले आन्तरिक रूपमा धेरै नै उथलपुथल भएको देखिन्थ्यो ।
एमालेको कोणबाट हेर्दा विचार मिल्ने, प्रवृत्ति मिल्ने शक्तिहरू नजिक आउनुपर्थ्यो भन्ने एमालेभित्र ठुलो पंक्ति थियो । ओलीले विचलनकारी बाटो लिएको निष्कर्ष थियो । देशभक्त र प्रगतिशील वामपन्थी जनमतले जनमतमाथि कुठाराघात गरे भन्ने विश्लेषण थियो ।
माओवादी कोणबाट हेर्दा लामो समय ओलीजीलाई धेरैले वामपन्थी, देशभक्त भन्थे । हामी पनि कतैकतै त्यो भ्रममा थियौँ । अब त्यस भ्रमबाट हामी, देश र जनतालाई उहाँले मुक्त गरिदिनुभएको छ । अब देशभक्त, वामपन्थी प्रगतिशील जनमतलाई मिलाएर राष्ट्रिय शक्ति बनाउने मैदान खुला भएको छ । त्यो अवसरको रूपमा हामीलाई प्राप्त भएको छ । त्यही ढङ्गले आगामी दिनमा अगाडि बढ्छौँ ।
असार १७ गते मध्यरातिसम्म पनि तपाईं एमाले–माओवादी गठबन्धन टुट्दैन भनेर दाबी गरिराख्नुभएको थियो । उनीहरू हस्ताक्षरको तहसम्म पुग्दासमेत थाहा नपाउनु कमजोरी होइन ?
बेचन झालाई पक्रेर ल्याइसकेपछि राजनीतिमा निकै तरङ्ग आइसकेको थियो । राजनीतिमा यसलाई ‘अन्डर करेन्ट’ भनिन्छ । खारगरी बुढानीलकण्ठ बढी नै तरङ्गित थियो । त्यसपछि त्यसको तरङ्ग बालकोटसम्म पुग्यो । धेरै नै चलखेल असार १५ मा भयो । मानिसहरू दहीचिउरा खान लागेको, धान रोपाइँमा व्यस्त भएको बेला देउवा र आरजुजी जसरी बालकोट पुग्नुभयो, यसले आन्तरिक रूपमा धेरै नै उथलपुथल भएको देखिन्थ्यो । राजनीतिलाई निकै तरङ्गित गरिसकेको थियो ।
अध्यक्ष प्रचण्डसँग ओलीजीले लगातार संवाद गरिरहनु भएको थियो । उहाँहरूबिच १७ गते बिहान झण्डै चार घण्टा लामो छलफल भएको थियो । छलफलका क्रममा ओलीजीले वाम गठबन्धनलाई प्रभावकारी बनाउने, ०८४ को चुनाव सँगै लड्ने, त्यसलगत्तै पार्टी एकता गर्ने भनेर बलियो विश्वास दिलाउनु भयो । तर ओलीको व्यवहारबाट हामी विश्वस्त थिएनौँ ।
कांग्रेस र एमाले वृत्तबाट राजनीतिक कोर्स अकैतिर गइसक्यो भन्ने सूचना १४ गतेदेखि नै लगातार आएको थियो । १७ गते बिहानसम्म आइपुग्दा करिबकरिब क्लियर थियो । तर ओलीजीले अध्यक्ष प्रचण्डलाई यति धेरै गुलियो खुवाउनु भयो कि त्यो भ्रमबाट उहाँ बाहिर निस्कन सक्नुभएन । यी सबै उहाँ (प्रचण्ड)ले संसदमा भनिसक्नुभएको छ । १७ गते बसेको क्याबिनेटमा पनि उहाँले निकै कन्फिडेन्टका साथ कुरा राख्नुभएको थियो । त्यस दिन प्रधानमन्त्रीको च्याम्बरमा बसेर हामीले तथ्यसहित भन्दा पनि अध्यक्ष प्रचण्डले विश्वास गर्नुभएन । भनेपछि ओलीजीले त्यो तहको विश्वास दिलाउनु भएको थियो ।
कांग्रेस–एमाले मिलेर दुई तिहाइको सरकार बनिसक्यो । माओवादीसँग अब न सत्ता छ, न जनताको साथ छ । के गर्नुहुन्छ ?
संविधान संशोधनका लागि प्राविधिक रूपमा संघीय संसदको दुवै सदनमा दुई तिहाइ हुनुपर्छ । राष्ट्रिय सभामा दुई तिहाइ पु¥याउने कुनै सम्भावना छैन । उहाँहरूले त्यो गणित बुझ्नु भएकै छ । पहिलो कुरा, हामी र नेकपा एकीकृत समाजवादीविना संविधान संशोधन हुँदैन ।
दोस्रो, संविधान संशोधन हुन्छ भन्दा पनि सरकारले भ्रष्टाचारको छानबिन अगाडि बढाएपछि असुरक्षा महसुस गरी उहाँहरू एक ठाउँमा जानुभएको हो । त्यसलाई राजनीतिक रङ दिन संविधान संशोधनको कुरा गर्नुभएको हो । संविधान संशोधनको कुरा गर्दा उहाँहरूभित्र रहेको दक्षिणपन्थी प्रतिगामी सोच व्यक्त भएका हुन् । त्यो आजको समयमा सम्भव छैन ।
अधिकार पाइसकेका जनता सत्तामा माओवादी नहुँदा पनि अहिलेको भन्दा अगाडि बढ्न तयार छन् तर पछाडि हट्न कोही पनि तयार हुँदैनन् । त्यो असम्भव हो । दिवास्वप्न हो । यदि त्यसतर्फ जान खोजेका हुन् भने देशमा अस्थिरता र अशान्ति बढ्छ । त्यस्तो मुर्खता उहाँहरूले गर्नु हुँदैन । गर्नुभयो भने देशका लागि दुर्भाग्य हुन्छ ।
विगतमा सबैभन्दा बढी भ्रष्टाचारमा एमाले र कांग्रेस मुछिएका छन् । अनिमियतामा मुछिएका छन् । तिनका काम–कारबाहीहरूल सुक्ष्म रूपले नियालेर खबरदारी गर्छौं । हामीले उठाएका एजेण्डालाई कमजोर हुन दिँदैनौँ ।
जहाँसम्म संविधान संशोधनको कुरा छ, उत्पीडित जनताको आवाज अलि सुस्ताएको बेला जिस्काउन गरेकोजस्तो लाग्छ । सुतेको बाघलाई उठाउने जस्तो प्रयत्न भएको छ । यो नराम्रो परिघटना हो । सम्झौतामार्फत संविधान जारी भएको बेला पुराना घाउ कोट्याएर गिजोल्ने काम भएको छ । फेरि समाजलाई द्वन्द्वमा लाने खालको सोच व्यक्त भएको जस्तो देखिन्छ ।
हो, संविधान अपूर्ण छ । अगाडि बढ्नेगरी विचार र बहस नभएको होइन । फेरि पनि बहस हुन सक्छ तर अहिलेको अवस्थाबाट पछाडि फर्किनुपर्छ भन्ने कुरा बेठिक हो । जहाँसम्म दुई पार्टी सिस्टमको कुरा छ, त्यो नेपालमा सम्भव छैन । यो आफ्नो सत्ता स्वार्थ र सत्ता लिप्सालाई ढकाछोप गर्नका लागि ल्याइएको हो । दुई पार्टी सिस्टम नेपालमात्र होइन, दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका लगायत देशहरूमा कहिल्यै भएको छैन । बहुदलीय सिस्टम नै छ । पाकिस्तानकै कुरा गर्दा इमरान खानको सानो पार्टी एकैपटक ठुलो पार्टी भयो । नेपालमा माओवादी पहिलो संविधानसभा निर्वाचनमा एकैपटक ठुलो पार्टी भयो । अहिले रास्वपा पार्टी गठन भएको ७ महिनामै चौथो ठुलो दल भयो । श्रीलंकामा पार्टी नै नभएका व्यक्ति राष्ट्रपतिमा निर्वाचित भएका छन् । भारतकै कुरा गर्दा आम अदमी पार्टीले दिल्लीमा कब्जा जमायो । दक्षिण एशियाली मुलुकमा यस्तो ट्रेन्ड छ । त्यसकारण उहाँहरूको यो दिवास्वप्न मात्रै हो ।
अर्को कुरा, ०४६ देखि ०६३ सम्म आइपुग्दा दुई पार्टी सिस्टममा कांग्रेस र एमाले थिए । पालैपालो यी दुई दलले सत्ता चलाएका थिए । राजनीतिक स्थायित्व भएन । सबैभन्दा बढी भ्रष्ट, अस्थिरता त्यही बेला भयो । अस्थिरताले देश द्वन्द्वमा गएको त्यहीबेलै हो । सबैभन्दा बढी सरकार परिवर्तन त्यहीबेला भयो । पार्टी टुटफुट त्यतिबेलै भएको हो । त्यसकारण यो बेठिक कुरा हो । खासगरी सत्ता लिप्सालाई छोप्नका लागि पातलो पर्दाले उहाँहरूले ढाकेकोमात्र हो ।
झण्डै एक दशकपछि माओवादीले प्रमुख प्रतिपक्षको भूमिका पाएको छ । कसरी अगाडि बढ्नु हुन्छ ?
अब नकारात्मक रूपले माओवादीलाई राम्रो के भयो भने एक दशकमा हामी संसदमा प्रतिपक्षमा पुगेका छौँ । त्यो पनि राम्रो काम गर्दागर्दै । भ्रष्टाचार, तस्करी र अनियमितता, राज्यसत्ता दुरुपयोग गरी, राज्यकोष दुरुपयोग गरी ब्रह्मलुट मच्चाउने प्रवृत्तिका विरुद्ध सङ्घर्ष राम्रो ढङ्गले चलेको बेला सत्ताबाट बाहिरिएका छौँ । अब यो मुद्दालाई लिएर हामी जनतामा जान्छौँ । प्रतिपक्षमा बसेर यो नारा उठाइराख्छौँ ।
विगतमा सबैभन्दा बढी भ्रष्टाचारमा एमाले र कांग्रेस मुछिएका छन् । अनिमियतामा मुछिएका छन् । तिनका काम–कारबाहीहरूल सुक्ष्म रूपले नियालेर खबरदारी गर्छौं । हामीले उठाएका एजेण्डालाई कमजोर हुन दिँदैनौँ ।
एक दशक सत्तामा बस्दा पार्टी, नेताका शैली बिग्रिएका छन् । जनताको अपेक्षा बढेका छन् । यसलाई हामी फेरि जनतामा गएर सचेत बनाउँछौँ । हामी आफैँलाई पनि रुपान्तरण गर्छौं । हामी ब्रिग्रिएकोबारे समीक्षा गर्छौं । सदनमा त प्रतिपक्षमा पुगिसकेका छौँ । सडकमा पनि जनताको बिचमा जान्छौँ । संविधानमा भएका हक अकिकार दिलाउने कोसिसमा लाग्नेछौँ ।
जनताको कुरा बोल्ने हामी थियौँ । पहिला सडकमा बोल्यौँ, पछि युद्धमार्फत बोल्यौँ । सडक र सरकारमा बोल्यौँ । अब अपोजिसन(प्रतिपक्ष) र सडकबाट बोल्छौँ । राष्ट्रियता, प्रगतिशील, वामपन्थी, सामाजिक न्यायको कोणबाट आवाज उठाउने नेता जनताले पाएका थिएनन् । अब हामी त्यो आवाजलाई उठाउछौँ र बोक्छौँ ।
एक दशक हामी सत्तामा बस्दा सांसद, मन्त्री यसले पायो, उसले पाएन भन्ने एक खालको असन्तुष्टि रह्यो । अब एकैसाथ हामी सडकमा आएका छौँ । सडकमा सबैको मिलन हुन्छ । प्रतिगमनको खतरा भएको बेला लड्ने को त ? जनताको आवाज उठाउन, पार्टी निर्माण गर्न अवसर प्राप्त भएको छ । साँच्चिकै जनताको आवाज उठाउने बेलामा अवसर पाउने र नपाउने चिनिने बेला आएको छ ।
एक दशक सत्तामा बस्दा पार्टी, नेताका शैली बिग्रिएका छन् । जनताको अपेक्षा बढेका छन् । यसलाई हामी फेरि जनतामा गएर सचेत बनाउँछौँ । हामी आफैँलाई पनि रुपान्तरण गर्छौं । हामी ब्रिग्रिएकोबारे समीक्षा गर्छौं । सदनमा त प्रतिपक्षमा पुगिसकेका छौँ । सडकमा पनि जनताको बिचमा जान्छौँ । संविधानमा भएका हक अकिकार दिलाउने कोसिसमा लाग्नेछौँ । जनताका अधिकार खोसिन लागेको छ । भ्रष्टाचार, तस्करीविरुद्धको आन्दोलन कमजोर बनाउन गठबन्धन भएको छ । दक्षिणपन्थ पश्चगमन, निरङ्कुतातिर जाने सोच र प्रवृत्ति देखा परेका छन् । त्यसविरुद्ध लड्ने छौँ ।
त्यसैगरी वामपन्थी, देशभक्त, राष्ट्रियता कमजोर हुने खतरा देखिरहेका छन् । यसमा एक ठाउँमा बसेर जनतालाई गोलबन्द गर्छौं । साथै देशभक्त, समाजवादी आन्दोलनमा रहेका संगठनलाई साथमा लिएर एउटा मुभमेन्ट बनाइराख्छौँ । शान्तिपूर्ण दबाब बढाइराख्छौँ । खबरदारी गरिराख्छौँ । जसले जनताको विश्वास जित्नेछौँ र हामी आगामी ०८४ सम्ममा मुख्य शक्तिको रूपमा अगाडि आउँछौँ । जनमत बनाउँछौँ । आफैँलाई पनि जनताका बिचमा परीक्षण गर्नेछौँ ।
निष्क्रिय समाजवादी मोर्चालाई सत्ता गुमाएपछि सक्रिय बनाउन थाल्नुभएको छ । मोर्चामै रहेका विचार मिल्ने पार्टीबिच एकता गर्ने बहस के हो ?
समाजवादलाई मान्ने पार्टीहरूबिच अहिले पनि समाजवादी मोर्चा छ । यसलाई सक्रिय बनाउने, अझै फराकिलो बनाउनेबारे सल्लाह गरेका छौँ । छिटै यसलाई व्यावहारिक रूप दिन्छौँ । त्यसभित्र विचार मिल्नेसँग पार्टी एकता पनि गर्छौं । त्यसैअनुसार पहल भइरहेको छ । निष्कर्षमा पुगेका छैनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति