गैर हाजिर रहेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठसँग गृह मन्त्रालयले माग्यो स्पष्टीकरण
काठमाडौँ । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक डा पवन श्रेष्ठको नाममा स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । गत वैशाख ३ गते १५ दिनको बिदा स्वीकृत गराएका श्रेष्ठ हालसम्म कार्यालयको सम्पर्कमा नआएपछि मन्त्रालयले स्पष्टीकरणसहित कार्यालयमा सम्पर्क गर्न सात दिनको समय दिएको हो ।
आफूखुसी कोही कसैलाई कुनै जानकारी समेत नगराई गैर हाजिर रहेको र स्थायी वतनमा खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
'बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजानेछ' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण
-
अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?
-
झापाबाट एघार करोडको चिया निर्यात