सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

बैंककको विलासी होटलमा ‘साइनाइड’ मिसिएको पेय पदार्थ सेवन गर्दा ६ जनाको मृत्यु

बुधबार, ०२ साउन २०८१, २१ : २२
बुधबार, ०२ साउन २०८१

बैंकक । थाइल्यान्डका प्रहरी अधिकारीहरुले बैंककको एक लक्जरी होटलको कोठामा साइनाइड मिसिएको पेय पदार्थ सेवन गर्दा ६ जनाको मृत्यु भएको बताएका छन् ।

मृतक मध्ये एकले चियाको कपमा विष मिसाएको हुनसक्ने प्रहरीको आशंका छ । विष मिसाउने व्यक्तिलाई ऋणले सताएको प्रहरीले जनाएको छ ।

थाइल्याण्डको राजधानी बैंककमा रहेको ग्राण्ड हयात इरावान होटलका कर्मचारीले मंगलबार राति ६ जनाको शव फेला पारेका छन् । अनुसन्धानकर्ताहरूले उनको मृत्यु २४ घण्टाअघि भएको अनुमान गरेका छन्।

मृतक ६ मध्ये दुई जनाले अर्का मृतकलाई लगानीका लागि करोडौं रुपैयाँ ऋण दिएको प्रहरीले जनाएको छ । 

मंगलबार शव फेला परेपछि मानिसहरुले विभिन्न अनुमान लगाउन थालेका थिए । धेरै रिपोर्टहरूमा, मृत्युको कारण फायरिङ भनिएको थियो। तर, पछि प्रहरीले यी समाचारलाई अस्वीकार गरेको थियो ।

थाई प्रधानमन्त्री श्रीता थाविसिनले मंगलबार होटलको भ्रमण गरी तत्काल छानबिन गर्न आदेश दिएका थिए । उनले यी मृत्युहरू 'व्यक्तिगत मामिला' भएको र राष्ट्रिय सुरक्षासँग कुनै सरोकार नभएको बताएका थिए ।

तर मंगलबार हयात होटलमा के भएको हुन सक्छ भन्ने स्पष्ट तस्विर अहिले देखापरेको छ। बुधवार पत्रकार सम्मेलनमा, बैंककका शीर्ष प्रहरी अधिकारी नोपासिन पुनसवतले छ जना व्यक्तिहरूले सप्ताहन्तमा विभिन्न समयमा होटलमा चेक इन गरेको जानकारी दिए। उनीहरुलाई होटलको विभिन्न तल्लामा कोठा दिइएको थियो । सबैले सोमबार होटल छाड्न लागेका थिए । मृत्यु हुनेमा चार भियतनाम र दुई अमेरिकी नागरिक रहेका छन् ।

भियतनामी नागरिकहरु न्गुएन फुङ (४६ वर्ष), हङ फाम थान (४९ वर्ष), थि न्गुएन फुओङ ल्यान (४७ वर्ष), दिन्ह ट्रान फु (उमेर ३७) हुन्। मृत्यु हुने अमेरिकी नागरिकमा शेरिन चोङ (५६ वर्ष) र देङ हङ वेन (५५ वर्ष) छन् । अमेरिकी विदेश मन्त्रालयले मृत्युप्रति दुःख व्यक्त गर्दै अवस्थाको निगरानी गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप