आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
चितवन दुर्घटना

६ दिन खोज्दा पनि बस भेटिएनन्, १९ जनाको शव फेला

बुधबार, ०२ साउन २०८१, २१ : २०
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका १९ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार १९ जनाको शव फेला परेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार ५ जनाको सनाखत हुन सकेको छैन । ५ जना पुरुषको सनाखत हुन नसकेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । ६ दिनसम्म खोज्दा पनि दुई वटा डिलक्स बस भेटिएको छैन ।

असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।

भरतपुर महानगरपालिकास्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शव भेटिएका हुन् । पूर्वी नवलपरासीमा १४ वटा शव भेटिएको छ ।

फेला परेका शव 

१. ऋषिपाल शाह, भारत

२. विकाश परियार, चितवन

३. रमितकुमार माझी, सर्लाही

४. जयप्रकाश ठाकुर, भारत

५. सजाद अन्सारी, भारत

६. सुदिप विक, चितवन

७. प्रमानन्द पण्डित, बारा

८. किशोरकुमार चौधरी, गणपति डिलक्सको चालक ।

९. अशोककुमार यादव, रौतहट

१०.ऋषिकुमार सिंह, रौतहट

११. विवेक कुमार, भारत

१२. जितेन्द्र राम महरा, सर्लाही

१३. चन्द्र प्रभा कुमारी, पर्सा

१४. अमृता कुमारी, रौतहट ।

१५. ५ जना पुरुष (सनाखत हुन बाँकी रहेका) । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप