आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालमा भित्रियो विश्व प्रसिद्ध प्रविधि कम्पनी आइबिएमको विद्यालय कार्यक्रम

बुधबार, ०२ साउन २०८१, २१ : २०
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । विश्वव्यापी रूपमा प्रविधिमा नेतृत्व गरिरहेको आइबिएम कम्पनीले तयार पारेको विश्वस्तको विद्यालय कार्यक्रम नेपालमा ल्याइएको छ । 

भारतको चर्चित शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ कक्षाका विद्यार्थीहरूका लागि तयार गरिएको आइबिएमको यो कार्यक्रम नेपालमा ल्याइएको हो । 

आर्टिफिसियल इन्टेलिजेन्स (र मेशिन लर्निङ), साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नविनतम सूचना प्रविधिका क्षेत्रहरू समेटेर नेपाल लगायत दक्षिण एसियामै पहिलोपटक सुरु गरिएको यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्सहरु समावेश छन् ।

यो अत्याधुनिक तथा समय सापेक्ष कोर्सको डिजाइन तथा निर्माण गरेको आइबिएम प्रविधि कम्पनीहरु मध्य सवैभन्दा बढी (एक लाख २२ हजार भन्दा बढी) यूएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो । सन् १९८१ मा विश्वमै पहिलो मध्यको पर्सनल कम्प्युटर बजारमा ल्याएको आइबिएमले संसारको सबैभन्दा उच्च गतिका सुपर कम्प्युटरहरु निर्माण गरेको छ ।

एआइ र मेशिन लर्निङ्ग लक्षित वाट्सन सुपर कम्प्युटर निर्माण गरेर एआइ क्षेत्रमा नेतृत्व गरेको आइबिएम हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका एटिएम, डिरयाम, फ्लपी डिस्क, हार्ड डिस्क ड्राइभ लगायत अनगिन्ति प्रविधिको समेत आविष्कारक हो ।

यस कम्पनीका ६ जना बहालवाला तथा पूर्वकर्मचारीले विभिन्न आविष्कारका लागि ६ वटा विश्वप्रसिद्ध नोबेल पुरस्कार समेत पाइसकेका छन् । 

‘यस्तो विश्वप्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ एसियन इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठी भन्छन्, ‘अहिले सूचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतीहरु पनि देखापरेका छन् । हामीले हाम्रा बालबालिकालाई यो चुनौतीको सामना गर्न सक्ने बनाउन पनि आइबिएमको यो कार्यक्रम आवश्यक महसुस भयो ।’

आइबिएमको यो कार्यक्रम अन्तर्गत तीन चरणका कोर्षहरु राखिएका छन् । पहिलो एक्सप्लोरर, दोस्रो डिस्कभरर र तेश्रो इनोभेटर । एक्सप्लोररको नारा मै “प्रविधिलाई माया गर्नुस्” भनिएको छ । यो कार्यक्रमभित्र विश्वस्तको सिकाई सामाग्रीसहित आइबिएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डष्ट्रीबाट गेष्ट लेक्चररको पनि व्यवस्था पनि गरिएको छ ।

त्यस्तै डिस्कभरको उद्देश्य विद्यार्थीहरुलाई प्रोगामिङमा अब्बल बनाउने छ।यसभित्र विश्वस्तको सिकाई सामाग्री, आइबिएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डष्ट्रीका गेष्ट लेक्चररसहित भर्चुअल ल्याब का साथै सामूहिक गतिविधि लगायतका कृयाकलापहरु राखिएको छ । त्यसपछि सबैभन्दा माथिल्लो तहको कोर्स छ– इनोभेटर । यसको नारा नै छ– “तपाई उद्यमीजसरी सोच्नुहोस्” । यो कार्यक्रमको लक्ष्य एउटा विद्यार्थी प्लस टुमा पुगिसक्दा बजारमा नयाँ र सृजनशील उद्यमीका रूपमा स्थापित हुन सकोस् भन्ने छ। एक्सप्लोरर, डिस्कभरर र इनोभेटरभित्र पनि सामान्यदेखि एडभान्ससम्मका कोर्स छन् । त्यसभित्र हप्तामा एक दिन एक देखि डेढ घण्टा पढाउने गरी ४० देखि ६० घण्टासम्मको कोर्स छ । 

आइबिएम इनोभेसन सेन्टर फर एडुकेशन का व्यापार प्रवर्द्धन प्रमुख हरि रामासुब्रमन्यमले नेपालका विद्यार्थीका लागि यो कोर्स सुरु गर्न पाउँदा खुसी प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप