चामल चोरेको आरोपमा भाजपाका नेता पक्राउ
बुधबार, ०२ साउन २०८१, १८ : १८

नयाँ दिल्ली । चामल चोरेको आरोपमा कर्णाटकमा भारतीय जनता पार्टी (भाजपा)का एक नेता पक्राउ परेका छन् । यो घटनामा कर्नाटक सरकारको अन्न भाग्य योजनासँग सम्बन्धित छ ।
प्रहरीले कुलबुर्गी सहरस्थित आवासबाट कर्नाटक भाजपाका नेता मणिकान्त राठौडलाई पक्राउ गरेको छ । यसअघि नै प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको भएपनि उनी पेस भएनन् ।
६ हजार क्विन्टलभन्दा बढी चामल चोरी
मणिकान्त ६ हजार ७७ क्विन्टल चामल चोरीको मामिलामा पक्राउ परेका हुन् । चोरी भएको चामलको मूल्य २ करोड भारुभन्दा बढी रहेको बताइएको छ । चामल राज्यको यादगिर जिल्लाको सरकारी गोदामबाट गायब भएको थियो । अन्न भाग्य योजना अन्तर्गत कर्नाटक सरकारले हरेक गरिब परिवारलाई महिनेपिच्छे १० केजी अन्न सित्तैमा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई
-
इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर
-
केएल राहुलले तोडे डेभिड वार्नरको कीर्तिमान
-
कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने
-
प्ले–अफ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा मुम्बई र हैदराबाद
-
प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा