सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

एसईईको नतिजा पुनर्योगपछि ५९ जनाले ल्याए ४ जीपीए

बुधबार, ०२ साउन २०८१, १८ : १३
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्नयोग (रिटोटलिङ) को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।  

बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए ।

प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरिएको हो । आवेदन दिएकामध्ये हालसम्म चार हजार २९७ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

त्यसरी सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म ५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याएका छन् । २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । दुई जना विद्यार्थीको भने एनजी आएको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ ।

त्यस्तै कतिपय एनजी आएका विद्यार्थीको नतिजा भने १.६ देखि ३.६ जीपीएसम्म समेत आएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अंक इन्ट्री गर्दा, केही टाइपिङ गलत हुँदा नतिजा फरक परेको जनाएको छ ।

गत असार १३ गते सार्वजनिक गरिएको नतिजामा १८६ विद्यार्थीले ४ जीपीए ल्याएका थिए । ४७.८६ प्रतिशत विद्यार्थी पास भए भने ५१.१४ प्रतिशत विद्यार्थीको नतिजा एनजी (ननग्रेडेड) आएको थियो ।

२०८० सालको परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये मध्ये दुई लाख ४२ हजार ९२ विद्यार्थी पास भएका थिए भने दुई लाख २२ हजार ६९३ विद्यार्थीको एनजी आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप