जागिर खोज्न आउने महिलाको गर्भ जाँच गरेको सम्बन्धमा छानबिन गर्दै चीन
बेइजिङ । चीनमा एक दर्जनभन्दा बढी घरेलु कम्पनीले कानुनी कारबाहीको सामना गर्ने भएका छन् । जागिर खोज्न आएका महिला गर्भवती छन् कि छैनन् भनेर जाँच गराएको सम्बन्धमा ती कम्पनी कारबाही पर्ने भएका हुन् ।
चीनको पूर्वी चियाङ्सु प्रान्तस्थित नानतोङ सहरका १६ वटा कम्पनीहरूले पदपूर्तिका लागि शारीरिक जाँच गर्न आएका १६८ जना महिलाहरू गर्भवती भए नभएको जाँच गरेको पाइएको थियो ।
यतिबेला चीन सरकार कीर्तिमानी न्यून स्तरमा ओर्लिएको जन्मदर उकास्न र जनसङ्ख्या खुम्चिएर उत्पन्न हुने भयावह अवस्था टार्न संघर्षरत छ । यस्तोमा केही कम्पनीहरूले भने गर्भवती महिलालाई जागिर दिन अनिच्छा देखाइरहेका छन् । केही महिलालाई अन्तरवार्ताको समयमा परिवारको योजनाबारे सोधिएको थियो भने केहीलाई सन्तान जन्माउने योजना नबनाउने सर्तमा मात्रै जागिर दिइएको अभियोजनकर्ताहरूले पाएका थिए ।
चीनमा कर्मचारीहरूको गर्भ जाँच गराउन वा गर्भवती भएकै कारण महिलालाई भेदभाव गर्न निषेध छ । यस मामिलामा कुनै कम्पनीलाई जरिवाना तिराइएको छ छैन खुलासा भएको छैन ।
सन् २०२३ मा लगातार दोस्रो वर्ष पनि चीनको जनसङ्ख्या खुम्चिएको थियो । गएको वर्ष चीनको जन्मदर सन् १९४९ यताकै न्यून स्तरमा आएको थियो । सन् २०२२ मा चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको थियो । हालैका दशकमा चीनले एक सन्तान नीतिलाई खारेज गरेको भएपनि चीनमा जनसाङ्ख्यकी संकट नटर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप