आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

रियलमीको जीटी ६टी नेपाली बजारमा आउँदै

बुधबार, ०२ साउन २०८१, १४ : ५७
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जीटी ६टी  नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जीटी ६टीको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको सो फोनले प्रयोगकर्ताहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ । यो अहिले सम्मको लेटेस्ट स्न्यापड्रागन चिपसेट भएको कम्पनीको भनाइ छ । 

 त्यस्तै ६००० निट्सको हाइपर डिस्प्लेले तस्बिर तथा भिडियोको हरेक डिटेलहरुलाई जीवन्त तुल्याउँछ । यो  अहिलेसम्म बजारमा उपलब्ध स्मार्टफोन मध्य सबैभन्दा धेरै डिस्प्ले भएको कम्पनीको दाबी छ । 

साथै रियलमी जीटी ६टीमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरुलाई सहज हुनेछ भने यसको एआइ फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ । यसको क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँँ उचाइ प्रदान गर्छ । ५५०० एमएएचको शक्तिसाली ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिने कम्पनीको भनाइ छ । 

रियलमी जीटी ६टी नेपालभरका सबै आधिकारिक खुद्रा विक्रेताहरूमा साउन ५ गते सम्म प्रिबुकिङका लागि उपलब्ध छ । साथै यो अवधिभर ग्राहकहरूले रियलमी जिटि सिक्स टिको खरिदमा रु ५,४९९ मूल्यको रियलमी बड्स टि ३०० प्राप्त गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप