परराष्ट्रमन्त्री आरजु देउवासँग चिनियाँ राजदूत सोङको भेट
बुधबार, ०२ साउन २०८१, १४ : ४३

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशका विभिन्न विषयमा छलफल भएको भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंगलबार मात्र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्री राणासँग भेट गरेका थिए । भारतीय विदेश मन्त्री एस जयशंकर, पाकिस्तान तथा माल्दिभ्सका विदेश मन्त्रीले पनि परराष्ट्र मन्त्री राणालाई बधाई दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह