बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु, कति पर्छ मूल्य ?

बुधबार, ०२ साउन २०८१, १४ : २६
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक समारोहका बीच सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सिरिजको अनावरण गर्दै प्रि–अर्डर सुरु भएको घोषणा गरेका हुन् । 

“फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ। फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ’, स्थापितले सो अवसरमा भने । 

20240717123451_IMG_9578_copy_1600x1067

ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६, ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन् ।  ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् भने अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्ने कम्पनीको भनाइ छ । 

ग्यालेक्सी जेड फोल्ड६ ले ठुलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

IMG_20240717_114816_copy_1600x1067

गुगलसँगको साझेदारीद्वारा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पनि पूर्ण रूपमा एकीकृत भएको छ, । जसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–संचालित सहायक उपलब्ध गराउने जनाइएको छ । 

ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–बुक अफरहरू साउन २ देखि १५ गतेसम्म मान्य रहने कम्पनीले जनाएको छ । 

Capture

यी उपहारहरूका साथै पहिलो ५०० प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन् । जसमा १७ जीबी डाटा + ४९९ मिनेट कल + ४९९ एसएमएस प्रत्येक महिना, ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन्। 

IMG_20240717_114648_copy_1600x971

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध छ । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ।

यस्तो छ मूल्यः
Capture

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले  देशभर कै सामसङ आधिकारिक स्टोरबाट ० प्रतिशत ब्याजदरमा ग्यालेक्सी जेड फोल्ड रु ६८५४ महिना र ग्यालेक्सी जेड फ्लिप६को रु ४५२१ महिनाको किस्तादरमा प्राप्त गर्न सक्नेछन् ।   यी नयाँ फोल्देबलहरूका लागि, सामसङले उपभोक्ताहरूलाई थप सहज बनाउनको लागि डाउन–पेमेन्टलाई ३०% मा घटाएर २४ महिनासम्म ऋण अवधि गरेको छ। 

IMG_20240717_114754_copy_1389x1067

IMG_20240717_120157_copy_1600x1067

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप